नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७९÷८० को आफ्नो बाह्रौं वार्षिक साधारण सभा मिति १७ मंसिर २०७९ (३ डिसेम्बर २०२३) मा ¥याडिसन होटेल, काठमाडौमा सम्पन्न गरेको छ । बैठकले २८.५% बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका निम्ती १.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस पश्चात एनसीएचएलको चुत्ता पुँजी रु. १,००६,६३७,९०० बराबरको हनेछ साथै बैठकले अधिकृत पूँजी वृद्धि गरी रु २ अर्ब पु¥याउन स्वीकृत गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत नेशनल पेमेन्ट स्वीचमा लगानी गर्नका साथै नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने र जोखिम व्यवस्थापनलाई सुढृढ बनाउनका लागि उक्त पूँजी प्रयोग गर्नेछ ।

साधारण सभाको बैठकले कम्पनीको शेयर स्वामित्व संरचनामा साविक झैं नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरु मात्र कायम रहने गरीे गाभ्न÷गाभिन वा प्राप्त गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै एनसीएचएलले वित्तीय तथा भुक्तानी सम्बन्धी प्रविधिमा अनुसन्धान लगायत प्रविधि र सफ्टवेयरको विकास समेत गर्ने उद्देश्य सहित कम्पनीको सहायक कम्पनीको रुपमा छुट्टै पब्लिक लिमिटेड कम्पनी खोल्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गर्नेछ ।

आ.व. २०७९÷८० मा कम्पनीबाट फर्छौट भएका कारोबारहरुको संख्या १६% ले बृद्धि भएसँगै कम्पनीको खुद नाफा ६% ले वृद्धी भएको छ । सो आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरु मार्फत कुल १४१ खर्ब बराबरको ८.१९ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो ।

एनसीएचएलमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको १ जना, वाणिज्य बैंकहरुबाट ३ जना, विकास बैंकहरु, फाइनान्स कम्पनीबाट र स्वतन्त्र निदेशक गरी क्रमशः १–१ जना रहेका छन् । कम्पनीले NCHL-ECC, NCHL-IPS / RPS nufot connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) तथा NEPALPAY QRलगायतका विभिन्न च्यानल प्लेटफर्महरु सञ्चालन गर्दै आइरहेको छ । नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेशनल कार्ड स्वीच र ल्भ्एब्ीएब्थ् डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ । एनसीएचएलमा हाल ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा ९५ भन्दा बढि गैर–बैंकिङ्ग संस्थाहरु indirect technical member को रुपमा आवद्ध छन् ।

थप जानकारीका लागिwww.nchl.com.np मा हेर्नुहोला ।