फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि. ले थाईलण्ड, जर्मनी, सिंगापुर, तथा अस्ट्रेलियामा सफल सुरुवात पछि नेपालमा Foton High Roof 14 & 15 Seater EV VAN सार्बजनिक गर्ने भएको छ |
उच्च कार्यक्षमता र आरामदायी यात्राको ग्यारेण्टी गर्ने यो भ्यान सुरक्षाको दृस्टीकोण पनि सर्वोत्कृष्ट रहेको कम्पनीले जनाएको छ। कम्पनी द्वारा उक्त गाडीको मूल्य र स्पेसिफिकेसन चाडै सार्बजनिक गरिने भनिएको छ |
फोटोन पछिल्लो समय नेपालमा पिकअप, इलेक्ट्रिक लो रूफ भ्यान, इलेक्ट्रिक मिनी ट्रक, एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पेर्फोमेन्सले गर्दा फोटोन नेपालको मार्केटमा लोकप्रिय हुन सफल भएको छ।