माछापुच्छ्रे बैंकको मिति २०८०÷०८÷०७, बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले श्री रोशन के.सी. ज्यूलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
बैंकका निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोज्यूले दिनुभएको राजीनामा स्वीकृत गर्दै श्री रोशन के.सी. ज्यूलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
श्री रोशन के.सी. ज्यू विगत ९ वर्ष देखि माछापुच्छ«े बैंकमा आबद्ध भई मिति २०७४÷०१÷०४ देखि २०७५÷०९÷२० यसै बैंकका अध्यक्षमा रहनु भएको थियो र हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आउनु भएको थियो । साथै उहाँ एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आउनु भएको छ ।