वरिष्ठ भेटेरिनरी कन्सल्टेन्ट अस्ट्रिच नेपाल रुपन्देही ।
तिहार र छठ नजिकिँदै गर्दा सबैजना चाडपर्वको माहोलमा छन । यो पार्र्टी र रमाइलो गर्ने समय हो। तपाईं साथीहरू र परिवारलाई भेट्नुहुन्छ, उपहार दिनुहुन्छ र प्राप्त गर्नुहुन्छ र सामान्यतया राम्रो समय बिताउनुहोस्। तर यो समय पनि हो जब तपाईलाई केहि स्वास्थ्य खतराहरू बारे सचेत हुन आवश्यक छ। मौसमी चाडपर्वहरूले तपाईंलाई एलर्जी र अन्य स्वास्थ्य समस्याहरूको लागि पनि कमजोर बनाउँछ। तर यो जीवनको एक हिस्सा हो। तपाईलाई मात्र थाहा छ कि खतराहरू के हुन र उचित सावधानी अपनाउनुपर्छ। खाना होस् वा सजावट वा मनोरन्जनको व्यस्त गति, तपाइँ तयार हुन आवश्यक छ। यसले तपाइँसँग राम्रो समय छ भनेर सुनिश्चित गर्नेछ। यहाँ पाँचवटा सामान्य बिदा स्वास्थ्य जोखिमहरू छन् जुन तपाईंले यस छुट्टीको मौसममा सावधान रहनु आवश्यक छ। हामी मध्ये धेरैको लागि, छुट्टीको मौसम भनेको स्वादिष्ट परिकारले भरिएको टेबल हो, प्रायस् फ्रिजमा बाँकी राखेर खाइन्छ। अर्को एउटा केहि खाने को लागी।
कुनै भोज(भत्तेरमा पुग्नुहोस्, मासुकै परिकारले प्लेट भरिभराउ हुनेछ । कम्तीमा पनि सप्ताहन्त मासु खानैपर्ने प्रचलन हाम्रो समाजमा छ । यी पृष्टभूमीलाई हेर्ने हो भने ठोकुवा गर्न सकिन्छ, हामी मांशहारी छौं ।
चाडपर्व, जमघट, उत्सवलाई रसिलो बनाउन हामी मासुको साथ खोज्छौं । मीठो(मसिनो खानेकुराको प्रसंग आउनसाथ हाम्रो भान्सामा मासुजन्य परिकार पाक्ने गर्छ । पशुपंक्षीको मासु नै हाम्रो लागि मीठो परिकार हो ।
अब हिसाब(किताब गरौं, हामी दिनहुँ कति मासु उपभोग गर्छौं ? हामीले उपभोग गर्ने मासुका खातिर कति पशुपंक्षी मारिन्छ ? यत्तिका पशुपक्षीको हत्या र त्यसको सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो असर परिरहेको छ ?

यो कुरामा किनपनि सोच्नुपर्ने बेला भएको छ भने, मासुजन्य परिकारको सेवन मानव स्वास्थ्यका हिसाबले हानिकारक मात्र छैन, पर्यावरणका लागि पनि । पछिल्लो समय जसरी जलवायु परिवर्तन र पर्यावरण दुषित हुँदै गएको छ, त्यसमा मासुजन्य उपभोगलाई पनि एक प्रमुख कारक मानिएको छ ।
त्यसो त अहिले एकाथरीले शारीरिक रुपमा पोषक तत्व आपूर्तिको लागि मासु अनिवार्य भनी तर्क गर्ने गरेका छन् । प्रोटिन, फ्याट, आइरन जस्ता पोषक तत्वको स्रोत हो मासु । अन्नपात एवं सागसब्जीको अभाव टार्न समेत मासु खानुपर्ने अवस्था पनि छ ।
तर, जब तपाईं कुनै रोगको उपचार गर्न अस्पताल पुग्नुहुनेछ, चिकित्सकले कतिपय खानेकुरा नियन्त्रण गर्न सुझाव दिन्छन् । र, अक्सर यस्ता खानेकुरामा मासुजन्य परिकार पर्छ । खासगरी रातो मासु । जबकी हामीले उपभोग गर्ने मासुको प्रकारमा धेरैजसो रातो मासु नै पर्छ । यसमा खसी, बोका, रागा, भैंसी, सुँगुर आदि पर्छ ।
चिकित्सकहरु के पनि भन्छन् भने, मासुबाट जुन पोषक तत्व प्राप्त हुन्छ, त्यो अन्य सागसब्जीबाट पनि प्राप्त गर्न सकिन्छ । अर्थात मासु निर्विकल्प स्रोत होइन । त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन ।
अब रह्यो स्वादको कुरा । मासुजन्य परिकार मात्र स्वादिलो हुन्छ भन्नु आफैमा भ्रम हो । स्वादमा विविधता खोज्ने र जिब्रोलाई नयाँ स्वादमा अभ्यस्त गर्ने हो भने अनेकथरी सागसब्जी फेला पर्छ ।
शारीरिक स्वास्थ्यका लागि मासु त्यती उपयोगी नहुने त पुष्टि नै भइसकेको छ । धेरैजसो रोगमा तपाईंले मासुको उपभोग कटौती गर्नै पर्छ ।
अझ महत्वपूर्ण कुरा त के भने, हाम्रो शरीरको संरचना मासुको लागि अनुकुल नभएको बताइन्छ । मासु पचाउन पाचन यन्त्रले धेरै भार व्यहोर्नुपर्छ । मासु लामो समयमा मात्र पच्छ । त्यसमाथि मासुका लागि जनवारको छनौट गर्ने, बध गर्ने, भण्डारण गर्ने, पकाउने कुरामा हामी अस्वस्थ्यकर विधी अपनाउँछौं । यसले गर्दा मासु हाम्रो लागि रोगको भण्डार बन्ने गर्छ ।
मासुको खपत पूर्णत ठप्प भयो भने मुटुको रोगी, मधुमेह, स्ट्रोक र केही किसिमको क्यान्सर पनि पटक्कै हुनेछैन । यस्तो अवस्थामा विश्वभरबाट स्वास्थ्य उपचारका लागि जति खर्च हुन्छ, त्यो बचत हुनेछ ।
यी भए, शारीरिक स्वास्थ्यको कुरा । मासुजन्य परिकारको उपभोगले पर्यावरणमा पनि नकारात्मक असर परिरहेको छ । एउटा आलेखमा के दावी गरिएको छ भने, ‘यदि सन् २०५० सम्म विश्वका मानव समुदाय शाकाहारी भए भने हरेक बर्ष ७० लाख कम मृत्यु हुनेछ । त्यसैगरी पशुसँग जोडिएको उत्पादन पूर्णत खपत गर्न छाडियो भने हरेक बर्ष ८० लाख कमको मृत्यु हुनेछ ।
अक्सफोर्ड मार्टिन स्कुल फ्युचर अफ फुड प्रोगामको एक रिसर्चबाट यो तथ्यांक तयार गरिएको छ । रिसर्चर मार्को स्प्रिगम्यानका अनुसार खाद्य सामाग्रीसँग जोडिएको उत्सजनमा ६० प्रतिशतको गिरावट आउनेछ । यो रेड मिटबाट मुक्तिको कारण हुनेछ । किनभने रेड मिड मिथेन ग्यास उत्सर्जित गर्ने पशुबाट प्राप्त हुन्छ ।

कोलम्बियामा इन्टरनेशनल सेन्टर फर ट्रपिकल एग्रिकल्चरमा काम गर्ने एन्ड्र्यु जर्विस भन्छन्, ‘विकसित देशमा शाकाहारी हुनु निकै फाइदाजनक छ । यो पर्यावरण र स्वास्थ्य दुबैका लागि फाइदा छ ।’
चार सदस्य भएका मांशहारी परिवारले दुई वटा कारले भन्दा बढी ग्रीन हाउस ग्यास छोड्छ । उदेगलाग्दो चाहि के छ भने, जब ग्लोबल वार्मिङको कुरा गरिन्छ, तब कारलाई दोष दिइन्छ, मासु खानेहरुलाई होइन । यही कारण ग्रीन हाउस ग्यास उत्सर्जन बढी हुन्छ । ब्रिटेनका फूड सेक्युरिटी विज्ञ टिम बेन्टन भन्छन्, ‘हाम्रो खानपानको प्रवृत्तिले हाम्रो माहौलमा असर पर्छ । तर, यसमा कसैको ध्यान जाँदैन ।
हामीले पूर्ण रुपमा मासु छाड्न सकेनौ भने पनि यसको खपत कम गर्न सकिन्छ । यसले पक्कै सकारात्मक नतिजा दिनेछ ।
खाना विषाक्तता
चाडपर्वका खानेकुराले प्रदूषणका लागि प्रशस्त अवसरहरू प्रदान गर्दछ। कम पकाएको टर्की वा बिग्रिएको अण्डाले गर्दा हुने खाद्यजन्य रोगहरूले तपाईंको पेट खराब गर्न सक्छ। क्रस(दूषित हुनबाट बच्न विभिन्न खानाका लागि विभिन्न कटिङ बोर्डहरू प्रयोग गर्नुहोस् र कुखुरा, काँचो मासु, दुग्ध उत्पादन वा अण्डालाई कोठाको तापक्रममा दुई घण्टाभन्दा बढी नछोड्नुहोस्।
बाँकी रहेको मासु कसरी प्रयोग गर्ने
एकचोटि तपाईंको मासु ओभनबाट बाहिर आउँदा र तपाईंको पाहुनाहरूलाई सेवा गर्न तयार भएपछि, तपाईंलाई त्यो खानाको लागि चाहिने कुरा मात्र राख्नुहोस्। बाँकी रहेको मासु बेर्नुहोस् र यसलाई मिति गर्नुहोस्। लगभग घण् मिनेटको लागि बेन्चमा चिसो हुन छोड्नुहोस्। यदि तपाइँ फ्रिजमा मासु सिधै तातो हुँदा भण्डार गर्नुहुन्छ भने, यसले तपाइँको फ्रिज वा फ्रिजरको तापक्रम बढाउनेछ जसले अन्य खानाहरूलाई जोखिममा पार्न सक्छ।
फ्रिजमा राखिएको मासु दुईदेखि तीन दिन वा एक महिनासम्म फ्रीजरमा सुरक्षित रूपमा राखिनेछ।
एकपटक मासु डिफ्रोस्ट गरी पुनस् प्रयोग गरिसकेपछि, यसलाई फ्रिज गर्न सकिँदैन। खेर गएको मासु बचाउनको लागि, तपाईंले एकल खानामा प्रयोग गर्नुहुने भाग आकारमा मासुलाई पहिले फ्रिज गर्नुहोस्।
कुनै पनि डिफ्रोस्टेड अवशेषहरू खानु अघि, तपाईंले मासुलाई पुनस् तातो र पूर्ण रूपमा भाप गर्नुपर्छ, जुन कम्तिमा ठण् डिग्री हुनुपर्छ।