विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । यस्तै महासचिवमा युवा नेतृ रञ्जु दर्शना चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन भएका छन् ।

यसैगरी सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन भएका छन् भने कोषाध्यक्ष दामोदर नेपाल सर्वसम्मत भएको दाहालले जानकारी दिए । ६१ सदस्यीय केन्द्रीय समिति चयनका लागि भने निर्वाचन हुने बताइएको छ । सो पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु भएको थियो ।