सर्वदलीय बैठक सिंहदरबारमा सुरु
![](https://agnijwala.com/wp-content/uploads/2023/11/sarbadaliya_MdW2Z1oEVM.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि सुरु भएको हो । बैठकमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेता सहभागी छन् ।
प्रधानमन्त्री प्रचण्डले जाजरकोट भूकम्पपछिको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।