सेवा निवृत्त प्रमुख बरिष्ट पशु चिकित्सक
भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वर, काठमाडौं ।

परम्परागत औषधि विज्ञान त्यतिनै पुरानो छ जति मानव सभ्यता । मानिसले आफ्नो आवश्यकता अनुसार पशुहरु पाल्न शुरु गरे तथा तिनको उपचार पनि मानिसद्वारा तिनको पालनका साथसाथै सहस्राब्दिहरुदेखि पशु नै छ । प्राचीन हिन्दु साहित्य ग्रन्थहरुमा पशुहरुको हेरचाह स्वास्थ्य प्रवन्धन तथा रोगहरुको उपचार बारेमा जानकारीले भरिएको पाइन्छ । जसका विवरण आदिम मानवको गुफाहरुमा पुरुप एवम् पशुहरुको चित्रहरुमा दर्शाइएको छ । सिन्दुघाँटीबाट बारमद सिक्काहरुमा गोरु, भैसी, बाख्रा, हात्ति र कैयौं अन्य जनावरहरुको जानकारी पाइन्छ । यी सिक्कामा भएका लिपी अहिले पुरै विखण्डित भएका छैनन् । हिन्दु संस्कृतिमा बैदिक समाजमाथी गाई संस्कृतीको प्रभुत्व थियो र वैदिक मानिस गाइलाई मान्दथे तथा यसलाई आफ्नो सौभाग्य खुसी तथा राम्रो स्वास्थ्यको श्रोत मान्दथे। गाईप्रति पूर्वीय संस्कारजन्य श्रद्धाको विजारोपण ऋगवेदको प्रसिद्ध गौसुक्तिमा खोज्न सकिन्छ ।

आ गावो अग्म्मन्नुत भद्रमकन्त्सीदन्तु गोठे रणयन्तवस्मो
प्रजावती पुरुरुपा इहस्युरिन्दाय पूर्वीरुयसो दुहाना । (ऋगवेद ६.२८.१)

गाईहरु हाम्रो घर आउन् हाम्रो मंगल साधन गरुन ती हाम्रा गौशालामा विराज गरुन । हामीलाई आनन्द दिउन ती प्रजावती होउन। विविध सुन्दर वर्णावली गाईहरु उषाकालमा इन्द्रपरमात्माको लागि दुध प्रदान गरुन् ।
यो मानिन्छ कि धार्मिक पुजारी जो सँग पशुहरुलाई बचाएर राख्नको जिम्मेवारी थियो पहिलो पशुचिकित्सक थिए । कौयौ बैद्धिक भजन जडिबुटिहरुको औषधीय मूल्यहरुलाई दर्शाउन तथा यो सम्भावना व्यक्त गरिन्छ कि पूजारी यसका लागि उपयुक्त थिए तथा पशुहरुको रोगहरुबाट मुक्त राख्नका लागि तिनको चिकित्सा ज्ञानको उपयोग गरिन्थ्यो । अथर्ववेदमा जडिबुटिहरु तथा औषधिको बारेमा उल्लेख छ । आयुर्वेद वैदिक सन्तहरुसँग भएको चिकित्सा ज्ञानसँग सम्बन्धित छ ।

उत्तर वैदिककाल ः
उत्तर वैदिककाललाई लौहकाल पनि भनिन्छ जसलाई दुई महाकाव्य रामायण (२००० इ.पू) तथा महाभारत (१४०० इ.पु.) सम्मिलित छन् । बैदिककाल पछि आर्यहरुको धार्मिक, सामाजिक, राजनीतिक तथा आर्थिक जीवनलाई चित्रित गर्दछ । उत्तरकालमा औषधीय जडिबुटिहरु तथा शल्यचिकित्साको प्रक्रियाहरुलाई उपयोग गरेर विभिन्न रोगहरुको उपचारको बारेमा विस्तारसँग वर्णन गरिएको छ । परिरक्षक उपचारको रुपमा तेलको विभिन्न उपयोगहरुको उल्लेख गरिएको छ । सल्य चिकित्सा प्रक्रियाहरु जस्तै पाठेघरकोअपरेशन, पाठेघर निकल्ने अदिलाई प्रशिक्षित वैद्य या चिकित्सकद्वारा गरिन्थ्यो । यसकालमा अर्जुन कटुज, कदम्ब, नीम, अशोक इत्यादी अनेकौ रुख विरुवारुको उपयोग मनुराय एवम पशुहरुको उपाचारको लागि गरिन्थ्यो ।

मौर्यकाल ः
मौर्यकाल ३२२–२३२ इ.पू. मा पशुपालनले धेरै प्रगती ग¥यो । मौर्यकालभन्दा पहिले बुद्ध एवमु महावीरको अवधि थियो जसले पशुहरुप्रति अहिंसाको प्रचार गरे । सबैभन्दा प्राचीन बौद्ध ग्रन्थ सुत्तनिपाता पशुहरुलाई भोजन सौन्दर्य तथा खुसीको दाताको रुपमा बर्णित गरेको छ तथा यसैले यो संरक्षित गरिनुको हकदार छन् । मौर्यकालमा पशु चिकित्सा आवश्यक सेवा थियो ।

सम्राट अशोककाल ः
सम्राट अशोक लगभग ३०० इ.पु. को कालमा पशुचिकित्सा सर्वश्रेष्ठ थियो तथा यसैबाट प्रेरित भएर पूर्वीय सभ्यतामा वर्तमान पशुचिकित्सा परिषदले सम्राट अशोककालदेखि एउटा गोरुको मूर्ति तथा एउटा ढुंगाको शिलालेखको सम्मान चिन्हको रुपमा अंगिकार गरेका छन् । सम्राट अशोकले पशुचिकित्सा विज्ञानलाई भारतीय उपमहाद्वीपमा नयाँ मोड दिए । यो वर्णित छ कि सम्राट अशोकको शासनमा भारतवर्षमा पहिलो पशुचिकित्सा अस्पताल थियो भनिन्छ कि सुरतिको वट अस्पताल एउटा थियो जसमा अग्ला पर्खालहरुले बेरिएको भूमिको एउटा ठूलो भाग सामेल थियो । त्यसमा पशुरोगी राख्ने प्रावधान थियो ।

सुश्रुत ः
धन्वन्तरीका शिष्य सुश्रुत (६०० इ.पु.) द्वारा लिखित सुश्रुत संहिता शल्य चिकित्सासँग सम्बन्धित तर सबैभन्दा पहिलो ज्ञात कार्य हो । सुश्रुतले सर्जरीको सामन्य तकनिकहरुमा धेरै सुधार गरे तथा कैयौं नयाँ एवम् ठूला अपरेशन गरे ।

शालीहोत्र ः
दुनियाको ज्ञात पशुचिकित्सक शालिहोत्र घोडापालन एवं चिकित्साका विशेषज्ञ थिए एवम् उनले ह्या आयुर्वेदको रचना गरे । शालीहोत्र निसन्देह पूर्व ऐतिहासिककालका पहिलो पशुचिकित्सक प्रतित हुन्छन् । शालीहोत्रलाई भारतीय पशुचिकित्सा विज्ञानको जनक भनिन्छ ।

ऋषि पालकप्य ः
ऋषि पालकप्य हात्तिहरुलाई नियन्त्रण गर्ने उक विशेषज्ञ थिए एवम् उनले ग्रन्थगज आयुर्वेदको रचना गरे सजलाई उनले चार भागहरु १. प्रमुख रोग २. क्षुद्ररोग ३. शल्य चिकित्सा एवम् ४. आहार स्वच्छता इत्यादीमा वर्णन गरे । उनले हात्तिहरुको विभिनन रोगहरुको शारीरिक, आकस्मिक, मानसिक एवम् त्रिदोष विकारहरुमा वर्गिकृत गरेका छन् ।
सर्प विष एउटा मूल्यवान औषधिको रुपमा ः
प्राचीन भारतको तक्षशिलामा विषक्त एवम् हर्वल अनुसन्धानको उन्न केन्द्र भएको गौरव प्राप्त थियो । पूर्वी इतिहासका अनुसार जस्तो कि रसग्रन्थमा वर्णन गरिएको छ । औषधिको रुपमा सर्पको विषको उपयोग भारतनीयहरु अग्रणी थिए । प्राचीनकालको बेला यो लोकप्रिय रुपले जानिन्थ्यो कि धेरै कम मात्रामा मुखबाट दिइएको सर्पको विष सबैभन्दा शक्तिशाली उत्तेजकहरु मध्ये एक थियो एवम् यदि सर्पको विष पशुहरुको पित्तका साथ मिसाइयो भने यसको गतिविधि पुरै तरिकाले मिन्न हुनेछ । सर्पको विषबाट तयार गरिने औषधि यसप्रकार थिए ःः

सुचिका करण ः
पारा सल्फर सिसा एवम् कुचला (एकोनिटम) को बराबरी भागलाई मिसाएर रहुमाछा, वंदेल, मयुर, भैंसी, बाख्राको पित्तरसमा भिजाइन्थ्यो एवम् यसलाई फेरी एउटा चिसो ठाउँमा राखिन्थ्यो सुकाउनका लागि । अनि पाउडर बनाइन्थ्यो । यसलाई सानो खुराकमा दिइन्थ्यो । यो प्लेग ज्वरो, मुर्छा तपेडिक आदि कैयौं रोगहरुमा प्रभावी थियो ।

अर्धनारीश्वर रस ः
पारासल्फरक कुचलाको जरा एवम् सोहागा बोरेकसको प्रत्येक एक भाग मिसाएर मसिनो धूलो बनाइन्थ्यो । फेरी यस मिश्रणलाई कालो कोब्रा सर्पको मुखमा हालिन्थ्यो र मुखलाई माटोले बन्द गरिन्थ्यो एवम् यसलाई हल्का तातोमा लगातार १२ घण्टासम्म पकाइन्थ्यो । तयार औषधिको मसिनो धूलोमा पिधिन्थ्यो जसलाई असाध्य ज्वरोमा सुघाइन्थ्यो ।
यसैप्रका अन्य औषधिहरु जस्तो कि बृहत सुचिकाभरण, अघोरी नसिंहहरण तथा कालानल रस पनि बेग्लाबेग्लै सर्पहरुको विषबाट तयार गरिएको थियो । वर्तमानमा पनि होमोपैथी चिकित्सा प्रणालीमा सर्पको विषबाट केही उत्कृष्ट औषधिहरु जस्तै किलाचेसिस सेन्क्रिस, कान्टोर्टिकस, टाक्सिकोकोफिस, बोथ्रोप्सलन्सी, योलेट्रस एवम् लचिसिस लान्सीयोलेट्स पनि तयार गरिन्छ ।

चरक संहिता ः
परजीवी तिनको संरचना एवम् नियन्त्रणको बारेमा चरक संहिता १००० इ.पु. मा लेखिएको एउटा प्रमाणिक अभिलेख मानिन्छ । यसको अतिरिक्त चरक संहितामा अ अगडायोगको माध्यमबाट विष एवम् यसको प्रवन्धनको बारेमा बताइएको छ ।

परम्परागत पशुचिकित्सा ः
चिकित्साको आधुनिक एलोपैथिकको आगमन भन्दा पहिले यो सम्भव लाग्द छ कि पुरै दुनियामा मानव एवम् पशु चिकित्सा कला लगभग समान थिए । पूर्वीय चिकित्सा पद्धतिको इतिहास ५००० वर्ष पुरानो संहिताबद्ध एवम् गैर संहिताबद्ध मौखिकमा लोकस्वास्थ्य परम्पराहरुमा निहित छ । संहिताबद्ध पद्धतिमा प्रमाणिक शारििरक कार्य प्रणालीको सिद्धान्त एवम् रोग हेतु विज्ञान नैदानीक पद्धतिमा आधारित छ । जबकी गैर संहिताबद्ध पद्धतिसँग प्रतिकात्मक सम्बन्ध छ । यो समय अनुसार गतिशील परिवर्तनात्मक, एवम् विकासशील छ । यो पुरै भारतवर्षकाजाति समुदायहरुमा फैलिएको छ । यो स्थान एवम् जातीय समुदाय विशिष्ट स्वास्थ्य सम्बन्धी प्रयासहरु जीवनशैली, भोजनको वानी क्षेत्र विश्वासमा आधारित छ । हरजगहमा पारम्पारिक पशुचिकित्सा स्वास्थ्य पद्धतिको जानकार एवम् अनुभवी स्थानीय आरोग्य साधक पशुहरुको उपचारका लागि उपलब्ध छन् । जसलाई आमतौरमा पशु वैद्य मानिन्थ्यो । गैर संहिताबद्ध पद्धति स्वस्थायी विना कुनै एजेन्सीमा संस्थाको मौखिक रुपबाट पुस्ता दरपुस्ता प्रसारित भइराख्यो । केही क्षेत्रमा यो पनि पाइएको छ कि घरेलु उपचार सम्बन्धी ज्ञान १०० भन्दा बढी बोटविरुवाहरुको प्रजातीहरुलाई गठन गर्दछ एवम् त्यस क्षेत्रका प्रमुख प्रजातिहरु सामेल गरिन्छ । अनारको उपयोग एसिडिटी कृमि रक्तअल्पता, मार्निङ्ग सिकनेशलाई ठीक गर्न गरिन्छ । काली मिर्च मरिच क्षुधावर्धक मानिन्छ जसले ज्वरो, सर्दि, खोकीलाई ठीक पार्दछ । मध्यपिपली पानक्षुधा वर्धक मानिन्छ जसले खोकी पेटको गडबढी, ज्वरो, रुघालाई ठीक गर्दछ । यसै प्रकारले गुडहलको उपयोग ज्वरो, मासिक धर्म सम्बन्धी विकार, मधुमेह, कपाल समयभन्दा पहिले सेतो हुने आदिलाई ठीक पार्दछ ।
घरेलु स्तरमा कैयौं स्वास्थ्य समस्याहरु पारम्पारिक औषधीय व्यञ्जनहरुको उपयोग गरी प्रबन्धित गरिन्छ । यी व्यञ्जनहरुलाई स्थानीय संसाधनहरुको उपयोगको रुपमा उपयोग गरिन्छ । एथनोभेटेरिनरी चिकित्सा प्रणालीहरु पारिस्थितिकी तन्त्र एवम् जातीय–समुदाय विशेषका लागि विशिष्ट हुन्छन् एवम् यसैले विशेषताहरु श्रेष्ठता एवम् क्षेत्रहरु काफी बेग्लाबेग्लै देख्न पाइन्छ । पशुहरुलाई स्वास्थ्य बनाइराख्नका लागि मैककार्कले मानव एवम् एवलीन मौथियस मुंडी पशुचिकित्सकले उष्ण कटिबन्धीय क्षेत्रहरुमा ती स्थानीय ज्ञान तर्कसँग सम्बन्धित काम गरेका छन् । आज विज्ञानको यसै स्वरुपलाई आम तौरमा एथनोभेटेरिनरी मेडिसिनमा पशुहरुको स्वास्थ्यका लागि स्वदेशी पद्धतिको उपचार गरिन्छ । विभिनन स्थानीय स्तरमा उपलब्ध सामाग्रहरुलाई उपयोग गरेर पशुधनका विभिन्न प्रजातिरुमा सामँन्य स्वास्थ्य समस्याहरु रोगहरुको उपचारका सम्बनधमा स्थानीय समुदायको ज्ञान एवम् प्रथाहरुका अनुसार उपचार गरिन्छ । विकसित देशहरुमा कैयौ सामाजिक वैज्ञानिक पशुचिकित्सक पशुपालक एवम् क्षेत्रका श्रमिक औषधीय बोट विरुवाहरु एवम् पशुधनको देखभालमा तिनको चिकित्सकीय उपयोगमा रुचि राख्दछन् ।

पारस्परिक वनस्पति संसाधन ः
स्थानीय स्वास्थ्य परम्परामा लगभग ६५०० बोटविरुवा एवम् ५०००० हर्वल सुत्रहरु प्राकृतिक संसाधनको रुपमा प्रयुक्त गरिन्छ । एथनोमेडिसिनमा ३३ प्रतिशत बृक्ष ३२ प्रतिशत जडिबुटि २० प्रतिशत झाडीय बोटविरुवाहरु १२ प्रतिशत लहराहरु एवम् ३ प्रतिशत अन्य संसाधनहरु उपयोग गरिन्छ । परम्परागत चिकित्सा पद्धतिमा औषधइि बोटविरुवाहरु १९ प्रतिशत जराहरु ४ प्रतिशत कन्दहरु १६ प्रतिशत सम्पूर्ण बोटविरुवाहरु १४ प्रतिशत बोटविरुवाहरुका बोक्राहरु ३ प्रतिशत काठ ६ प्रतिशत हाँगा ७ प्रतिशत विऊ दाना १० प्रतिशत फलहरु ५ प्रतिशत फलहरु एवम् ६ प्रतिशत पातहरु उयाग गरिन्छ ।
आधुनिक चिकित्सा पद्धतिमा पनि १२० भन्दा बढी रसायनहरु बोटविरुवाबाट निकालेर विश्वभरमा औषधीको रुपमा बेचिन्छ । जसमा एसीटाइलडिजोकसीन, बर्नालिसबाट तयार पारेर हृदयशक्ति बद्र्धक, बरवेरिन, बेलुलिनीक एसिड, कैम्फर कोडिन कुर्कुमीन मेथोलनियो एन्ड्रो गरैल्फोलाइड निकोटिन, पैपेनपैवोरिन, फाइजोस्टीग्मिन कुनीन, रेजटपिन, रयुटिन सिलीमेरिन, स्ट्रकवीनीन, थियोबोमान विनक्रिस्टीन, योहिम्बीन, इत्यादी धेरै पनि औषधीय बोटविरुवाबाट तयार गरिन्छ ।
आधुनिक विज्ञानले समयको साथसाथै धेरै उन्नती गरेको छ एवम् असाध्य रोगहरु माथि विजय प्राप्त गरेको छ तर पशुहरु सहित मानिसहरुमा धेरैजसो आधुनिक औषधीहरु वेअसर भइराखेका छन् । एन्टिवायोटिकसको आन्धाधुन्द एवम् अति प्रयोग ठूलो स्तरमा गरिदै आएको छ जसले गर्दा रोगाणुहरुमा प्रतिरोधक क्षमता पनि व्यापक स्तरमा बढ्दो छ । यसैगरी ननस्टेरायड एन्टी इन्फालाभेटी औषधिको उपयोग पनि आवश्यकता भन्द बढी भइराखेको छ । आधुनिक औषधिहरुको अति प्रयोग न मात्र पशुहरु जनसमुदायहरु बरु यसबाट प्रर्यावरणलार्य पनि नोक्सानी भइराखेको छ । परम्परागत पशुचिकित्साको उपयोगबाट यी समस्यारुलाई कम गर्न सकिन्छ ।
पशुहरुको थुनेलोका लाग एलोवेरा २५० ग्राम बेसार मुठठी चुन १० ग्रामको लेपको दशौं भागलाई १५०–२०० मि.लि. पानीमा मिसाएर दुध ग्रन्थीमा दिनको ८–१० पटक लगाइन्छ । साँझको बेला यस लेपमा पानी मिसाउनको साटो सरस्योको तले मिलाइन्छ । यसका साथै पिडित पशुलाई २ वटा कागती काटेर नून मिसाई खुवाइयो भने थुनेलो रोग ७–८ दिनमा ठीक हुन्छ ।
परम्परागत औषधीय बोटविरुवारु जस्तो किजिश, बेसार, लसुन, अदुवा, मेवा, अम्बा, कागती, सुन्तला, केरा, किवी, एवम् अरुव धेरै बोटविरुवाहरु प्रत्येक मान्छे उपभोग गर्दछन् । जुन खानामा स्वादिष्ट नबयौवन प्रदान गर्ने खालको ऊर्जावान स्वास्थ्य वर्धक संक्रामक विरोधी एवम् जीवनलाई बढाउने खालका छन् यसरी हेरियो भने परम्परागत औषधीहरु सस्तो सामाजिक रुपमा तर्कसंगत एवम् सजिलै उपलब्ध हुने खालका छन् जसमा कैयौं सामाजिक बैज्ञानिक पशुचिकित्सक पशुपालक एवम् क्षेत्रीय कार्यकर्ताहरु औषधीय बोटविरुवाहरुमा रुची राख्द छन् एवम् पशुधनको हेरचाहमा तिनको चिकित्सकीय उपभोग गर्दछन् । पूर्वीय संस्कृति प्राकृतिक संसाधनको रुपमा एउटा समृद्ध परम्परागत पशुचिकित्सा स्वास्थ्य परम्परा मौजुदा छ । आवश्यक छ यसको बैज्ञानिक प्रमाणिकरण अभिलेखिकरण एवम् प्रचार प्रसारको । भनिन्छ बोल्नेको ढुटो विक्छ नबोल्नेको वास्मती चामल पनि अलपत्र पर्छ जुम्ली मार्सी जस्तै ।