(कात्तिक ३, २०८०)
काठमाडौं ः नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसरमा बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले कात्तिक १ गतेदेखि कात्तिक ३० गतेसम्म लागि NEPALPAY Instant मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्नेछन् । NEPALPAY Instant मार्फत ग्राहकहरुले बैंक÷वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक वा connectIPS मा लाभग्राहीको रजिष्टर्ड मोबाइल नम्बरको आधारमा फण्ड ट्रान्स्फर गर्न सक्दछन् । हाल NEPALPAY Instant को सुविधा connectIPS, बैंकका मोबाइल बैंकिङ्ग एपहरु तथा CellPay, HamroPay / MORU लगायतका वालेटहरुमा उपलब्ध रहेको छ ।
NEPALPAY Instant मा लाभग्राहीको Virtual Private Address -VPA_ को आधारमा फण्ड ट्रान्स्फर वा भुक्तानी गर्न सकिन्छ । ग्राहकले लाभग्राहीको मोबाइल नम्बर प्रयोग गरेर फण्ड ट्रान्स्फर गर्न सकिन्छ र यसको लागि बैंक खाताको विवरण आवश्यक पर्दैन । NEPALPAY Instant मार्फत फण्ड ट्रान्स्फर गर्दा ग्राहकहरूले नेटवर्क छनोट गरी लाभग्राहीको मोबाइल नम्बर प्रविष्ट गरेर मोबाइल बैंकिङ्ग एप वा वालेट वा connectIPS बाट ट्रान्स्फर गर्न सक्छन् ।
थप जानकारीको लागि www.nchl.com.np मा जानुहोस् ।