(१ कात्तिक, २०८०)
काठमाडौं – NEPALPAY QR सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा NEPALPAY QR को प्रति महिना कारोबार रु. १ अर्ब भन्दा बढि पुगेको छ । यसै गरी विभिन्न बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत NEPALPAY QR मा ४ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् । कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट त्तच् भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ ।

NEPALPAY QR नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । त्तच् स्कीमको रुपमा समेत उपलब्ध रहेको उक्त NEPALPAY QR मा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड त्तच् पनि उपलब्ध गराइरहेका छन् र हालै NEPALPAY QR र Smart QR बीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले ल्भ्एब्ीएब्थ् त्तच् मा ४ लाख २५ हजार र क्ःब्च्त् त्तच् को २ लाख ५० हजार समेत गरी ६ लाख ७५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध छन् । त्यस्तै सबै वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग र वालेटहरुबाट NEPALPAY QR स्क्यान गरी भुक्तानी गर्न सकिन्छ ।

मर्चेन्ट र व्यवसायीहरुले ल्भ्एब्ीएब्थ् त्तच् मा आबद्ध भई ग्राहकहरुबाट त्तच् मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् । भौतिक रुपमा त्तच् स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक त्तच् इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा त्तच् गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । हालै भ्वाइसमा आधारित त्तच् नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले उपलब्ध गराइरहेका छन् ।
थप जानकारीको लागि आफ्नो बैंकमा सम्पर्क गर्नुहोस् www.nchl.com.np मा जानुहोस् ।