काठमाडौं । नेपाली गीतमा आफ्नो परिचय स्थापित गरेकी गायिका अञ्जु पन्तले हिन्दी भाषामा नयाँ गीत गाएकी छन् । उनको स्वरमा यतिबेला नयाँ हिन्दी गीत जिन्दगीकी राहो मे… को भिडियो सार्वजनिक भएको छ । यो गीतलाई नेपालमै तयार गरिएको अञ्जुले बताएकी छन् ।

यो गीतको शब्द निकै राम्रो भएकाले आफूले हिन्दी गीत गाएको गायिका अञ्जुले बताएकी छन् । यो गीतको शब्द आयुष्मानले लेखेका हुन् । जसमा अग्रज संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको छ । यसको संगीत संयोजन राहुल प्रधानले गरेका हुन् ।

यो गीतको भिडियोलाई पर्यटकीयस्थल खप्तडमा छायांकन गरिएको छ । भिडियोमा एक प्रेमिल जोडीको रोमाञ्चक प्रेम कथा देखाइएको छ । गीतको भिडयोमा मोडलद्वय मिसेल घिमिरे र आरके परियारले अभिनय गरेका छन् ।

गौरव गिरीले निर्देशन गरेको यो गीतको भिडियोलाई राम्रो बनाउन उनले कुर्न कसर बाँकी नराखेको गायिका अञ्जुले बताएकी छन् । भिडियोको छायांकन वसन्त कुँवर र सन्तोष कुँवरले गरेका हुन् । जसमा श्याम कुँवरले कलरिङ, भद्रजंग कुँवरको छायांकन रहेको छ ।