नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २०३ औंैं संञ्चालक समितिको बैठकबाट श्री दयाराम शर्माज्यूलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । सो सम्बन्धमा डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाज्यू सँग आजको औपचारिक कार्यक्रममा वहाँले अध्यक्ष पदको लागि सपथ ग्रहण गर्नुभएको छ । तत्कालीन अध्यक्ष श्री राम बहादुर मानन्धरज्यूको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात श्री शर्माज्यूले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गर्नु भएको हो ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो । यसको  NCHL-ECC, NCHL-IPS, connectIPS, CORPORATEPAY, connectRTGS, National Payments Interface (NPI) तथा National Payment Switch   अन्र्तगत Retail Payment Switch (RPS)   लगायतका विभिन्न प्रणाली, च्यानल, प्लेटफर्महरु तथा उपकरणहरु सञ्चालन गर्दै आएको छ ।

थप जानकारीका लागि www.nchl.com.np    मा हेर्नुहोला ।