काठमाण्डौं ।  संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङ्ग असोज २६ गतेसम्मको समय सीमा दिएका छन् । प्रदेश प्रमुखले नयाँ सरकरा गठनको आब्हान गरेसँगै कोशीमा नेपाली कांग्रेसबाटै भावि मुख्यमन्त्रीका लागि चार जना नेताहरु मुख्यमन्त्रीको आकाक्षीको रुपमा देखिएका छन् ।    जसमध्ये सभापति शेर बहादुर देउवा निकट उद्धव थापा, शेखर कोइराला निकट केदार कार्की र कृष्ण प्रसाद सिटौला नजिक मानिएका प्रमुख सचेतक भूपेन्द्र राई र भीम पराजुलीले भावि मुख्यमन्त्रीको रुपमा आफुलाई अघि सार्दै दलभित्र समर्थनको प्रयास सुरु गरेका छन् ।   २/२ पटक मुख्यमन्त्री नियुक्त हुँदा पनि कांग्रेस नेता थापाले विश्वासको मत प्राप्त गर्न नसक्नुका साथै सर्वोच्चले असंवैधानिक भनेर पदमुक्त गरिदिएकाले विकल्प खोज्नुपर्ने भन्दै कोइराल पक्षले पार्टीभित्रै दबाब बढाएका छन् । कांग्रेस भित्र निर्णयाक मानिएका सिटौला समुहका तर्फबाट राइ र पराजुली पनि मैदानमा आउने तयारी गरेका छन् । कांग्रेस कोशी संसदीय दलमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका १०/१० र कृष्णप्रसाद सिटौला पक्षका ९ सांसद छन् । सिटौलाका विश्वास पात्र थापाले देउवा पक्षका ८ र कोइराला पक्षका १ सांसदको साथ लिएर १८ मतले दलको नेतामा निर्वाचित भएका थिए । देउवाले सिटौलालाई साथ लिएर थापालाई मुख्यमन्त्रीका लागि निर्णय गर्छन् कि कोइरालालाई विश्वासमा राख्न केदार कार्कीलाई प्रदेश सरकारको नेतृत्वका लागि भन्ने विषय पेचिलो बन्दै गएको छ। तर देउवाले मुख्यमन्त्रीका लागि थापाको विकल्प खोजेको अवस्थामा सिटौलाले प्रमुख सचेतक भूपेन्द्र राई र भीम पराजुलीलाई अगाडि सार्न संभावना पनि उत्तिकै रहेको बताइएको छ । उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि बहुमत ४७ सांसदको हस्ताक्षर गराउन सफल हुने सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४०, गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ र राप्रपाका ६ सांसद छन् ।