राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् । यस अघि प्रधानमन्त्री प्रचण्डलाई बिश्वासको मत दिएर माओवादीसंग नजिक भएको काङ्ग्रेसले अब आउने रास्ट्रपति चुनावमा पनि माओवादी उम्मेदवारलाई सहयोग गर्ने नजिर बसेर गएको छ। किनकी यस अगाडिका रास्ट्रपति काङ्ग्रेस र एमालेले पाइसकेका र अब पालो माओवादीको आएको माओवादी उच्चश्रोतले बताएको छ।

यसकै उदाहरण हो आजको राष्ट्रियसभाको उपाध्यक्षको लागी  माओवादी मात्रै उम्मेदवारी पर्नु । राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष पाएको हो । यी सबै घटनाक्रमले रास्ट्रपतिमा पनि माओवादी उम्मेदवार निर्विरोध बनाउने नजिर बस्दै गएको माओवादी नेताहरूले बताउने गरेका छन ।