काठमाडौं : नाफा बाँडफाँड नगरी सामाजिक तथा आर्थिक रूपमा पिछडिएका तथा सीमान्तकृत व्यक्ति तथा समुदायमा सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले स्थापना भएको मुक्तिनाथ फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

असोज १, २०७८ (१७ सेप्टेम्बर, २०२१) मा दर्ता भएको यो संस्थाले संस्थाको उद्देश्य भित्र रहेका लक्षित वर्ग र समुदायलाई सशक्त बनाउन बलियो सामाजिक संस्थाको रूपमा काम गर्नेछ।

यसअघि पनि यस संस्थाले सामाजिक क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विश्व वातावरण दिवसको अवसरमा वाग्मती सरसफाई कार्यक्रममा सहभागी हुँदै टोखा नगरपालिकाले देशका विभिन्न स्थानमा बृहत् वृक्षरोपण कार्यक्रम गरेको छ । दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३८ जनाले रक्त संकलन गरेका थिए ।

कार्यक्रममा त्रिवि शिक्षण अस्पतालको प्राविधिक सहयोग रहेको थियो । संस्थाका निर्देशक नारायणकुमार श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भरतराज ढकालले रक्तदाता तथा कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।