एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा भाद्र १० गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
ंं
यस एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी रु.१,४५९,२७५,७९०.५०÷– को प्रति शेयर अंकित रु.१००÷– को दरले १० कित्ता शेयरको ६.६ को अनुपातमा ९,६३१,२२०.२२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।