नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एम ए डब्लु वृद्घि कर्मसियल भेहिकल्स प्रा. लि. ले यहि आउदो नाडा अटो सो २०८० मा आफ्नोEV Pickup Truck / EV Van 14/15 Seater लन्च गर्ने तयारी गरेको छ । नेपालमा उपलब्ध हुने उक्त इलेक्ट्रिक Tm1 (EV Pickup Truck) पूर्ण रपमा नेपाली भूगोल सुहाउदो रहेको छ । यस EV Pickup Truck Tm1 ले नेपाली बजारमा एउटा नयाँ आयाम ल्याउनेमा कम्पनी बिवस्त रहेको जानकारी गराउनु भयो ।
नेपालको चुनौती पूर्ण भू भागमा विगत २– ३ महिनामा ब्यापक सफल परीक्षणहरु पार गरिसकेपछि, उक्तTm1 pickup Truckलाई नेपाली बजारमा ल्याउन लागिएको जानकारी आधिकारिक ब्यक्ति द्वारा गराइको छ । साथै EV Van 14/15 Seater को पनि औपचारिकरपमा यहि कार्यक्रमा लन्च गर्ने तयारी रहेको जानकारी गराउनु भएको छ ।
कम्पनीको अनुसार यस नाडामा गाडी खरीद गर्ने ग्राहकहरुको लागी विशेष छुटको ब्यवस्था रहेको छ ।