काठमाण्डौं श्री नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कम्पनीको अधिकृत पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्ने सम्बन्धि सम्झौता सम्पन्न गरियो । सम्झौता पत्रमा कम्पनीका तर्फबाट अख्तियार प्राप्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री धिरेन्द्र लाल कर्ण र निष्काशन तथा बिक्री प्रबन्धक श्री नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको थियो ।
कम्पनी ऐन २०६३ बमोजिम स्थापित श्री स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा. वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आईरहेको छ ।
आज भएको उक्त सम्झौतामा नबिल इन्भेष्टमेन्टले श्री स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरहरु सार्वजनिक निष्काशनको माध्यमबाट सर्वसाधारणमा निष्काशनका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट शेयर निष्काशनका लागि अनुमति माग गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
धन्यवाद ।
मितिः २०८०।०३।१९