काठमाडौं– एनएमबि क्यापिटल लिमिटेडको      SIPSystematic Investment Plan (SIP) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी schedule  गरी SIP मा लगानी गर्न सक्ने भएका छन् । एनएमबि क्यापिटल र एनसीएचएल बीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीहरुले SIp मा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एक पटक अनलाइन  mandate   भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलको SIp अन्तर्गत खुलामुखी योजना अनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानी समेतमा कम्पाउण्डिङ्ग रिटर्न  (Compounding Return)को लाभ लिन मिल्ने गरी SIP मा लगानी गर्न सकिन्छ । आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा, SIp मार्फत् लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ । क्क्ष्ए सम्बन्धी थप जानकारी र लगानीको लागि  www.nmbcl.com.np   मा गई SIP मा आबद्ध हुन वा भुक्तानी गर्न सकिन्छ साथै उक्त लगानी गर्न भ(e-mandate  को प्रयोगले अब ग्राहकलाई पटक पटक भुक्तानी समय सम्झिने झन्झटबाट समेत मुक्त गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्वीच अन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको e-mandate  मार्फत कुनैपनि किसिमको  scheduled payment  लाई एक पल्टको सेटअपको आधारमा अटोमेट गर्न सकिन्छ । डाइरेक्ट डेबिट e-mandate  प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोगमा ल्याउने क्रम जारी गरेको छ ।
थप जानकारीको लागि  www.nmbcl.com.np वा www.nchl.com.np   हेर्नुहोला ।