दिब्यश्वरी हाईड्रोपावरको हकप्रद शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त
दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेड  ले शतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनी बिच मिति २०८०÷०३÷१० गते एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ जसमा मेगा क्यापिटलको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत श्री शुलभ श्रेष्ठ ज्यू र मार्केटिङ्ग डिपार्टमेन्ट हेड श्री गिरिराज पोखरेल ज्यूले हस्ताक्षर गर्नुभएको छ भने कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष श्री दधिराम निरौला ज्यू र श्री बुद्घ कृष्ण मानन्धर ज्यूले हस्ताक्षर गर्नुभएको छ ।

उक्त हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको छ ।

मिति २०८०।०३।११

Saket Complex, Tripureshwor, Kathmandu, 01-5362790, info@megacapitalmarkets.com