निजामती कर्मचारीको नवीन सोच\इन्नोभेटिभ आइडिया प्रस्तुतिका लागि ‘प्रतिभा डबली’ अन्तिम चरणको छनोट कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय मुख्य सचिव श्रीमान अमनलाल मोदीज्यू र नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल , प्रमुख अतिथिको रुपमा सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्षको रुपमा सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर आफ्नो मन्तव्य राख्नु भएको थियो |

कार्यक्रममा “कर्मचारी तन्न्र मा नविन सोचका साथ आमुल परिर्वतन नगरि देश बिकास हुदैन त्यसैले यस कार्यक्रमले सबैलाई उर्जा र उत्प्रेरणा गर्ने छ भन्ने बिश्वास लिएको छु “ सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड ले बताउनु भएको छ | सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयका सचिव तथा कार्यक्रमका अध्यक्ष डा. कृष्णहरि पुष्करले कर्मचारीले गरेको र ल्याएका नविन बिचारलाई प्रस्फुटन गर्ने उदेश्यले प्रतिभा डबली कार्यक्रम ल्याएको कुरा जानकारी दिनु भयो | त्यसैगरि नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले सबै सोचले साच्चिकै सार्वजनिक सेवा प्रर्वाह गर्न सरलीकरण गर्ने हुदा यी सोचहरुलाई कार्यण्यन गर्न अधिकतम प्रयास गर्ने बताउनु भएको छ |
कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरू, सहसचिवहरू, उप–सचिवहरू, शाखा अधिकृतहरू, अन्य कर्मचारीहरू, संचारकर्मी, विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । विशिष्ट अतिथि अमनलाल मोदीज्यूले उहा आफैपनि नविनताको खोजी हुनु भएको हुदा उहाले नविन सोच राख्ने कर्मचारीलाई प्रोत्शाहान र हाैसला प्रदान गर्ने बताउनु भएको छ |

सहभागीहरु मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर बाट दिकेन्द्र प्रसाद सुवेदी , अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं बाट राम दत्त भट्ट, पाणिनी गाउँपालिका, अर्घाखाँची बाट मोह राज पौडेल , जिल्ला समन्वय समिति, पाँचथर बाट संगम पौडेल , कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय, बबरमहल बाट रवि चन्द्र अर्याल , उत्तर दक्षिण (कोशी सडक आयोजना) बाट सविन कोइराला, नापी विभाग, मीनभवन, काठमाडौं बाट हरिशरण नेपाल , जिल्ला कारागार कार्यालय, धनगढी बाट पद्मराज तिमल्सिना , सहरी विकास मन्त्रालय, सिंहदरबार, काठमाडौं बाट अविनाश श्रीवास्तव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट परेश जोगी गहेका थिए |

उक्त कार्यक्रममा पाणिनी गाउँपालिका, अर्घाखाँचीका इन्जिनियर मोह राज पौडेल प्रथम भएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं का सूचना प्रबिधि निर्देशक राम दत्त भट्ट दोस्रो हुन सफल भए । त्यस्तै, कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालय, बबरमहल का लेखा अधिकृत रवि चन्द्र अर्याल तेस्रो स्थान ओगट्न सफल भए ।प्रथम मोह राज पौडेलको सोच स्थानीय तहको योजना तर्जुमा प्रकृयामा तिन आयामिक-परिदृश्य नमुना (3D Landscape Model)को प्रयोग रहेको थियो भने दोस्रो हुन सफल राम दत्त भट्टको सोच Locate Your Citizens through Smart Addressing System ( स्मार्ट नागरिक ठेगाना व्यवस्थापन प्रणाली र सो को बहु उपयोगी फ्रेम वर्क) रहेको छ | त्यस्तै, तेस्रो हुन सफल रवि चन्द्र अर्याल को सोच सरकारी सेवा ट्रयाकिङ्ग प्रणाली (Government Service Tracking System-GSTS) रहेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले आइडिया स्टुडियो नेपालको सहकार्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय, सिंहदरवारमा आयोजना गरेको सो काय्रक्रममा देशभरिबाट प्राप्त आइडियाहरूमध्ये उत्कृष्ट १० विचारकहरूले आफ्नो सोच प्रस्तुत गरेका थिए ।
कार्यक्रमको निर्णायक मण्डलमा नेपाल सरकारका सचिव श्री गोकर्णमणि दुवाडि ,नेपाल सरकारका पुर्व सचिव श्री याम कुमारी खतिवडा ,र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा रहेका थिए ।
कार्यक्रमको अन्त्यमा दश जना सहभागीहरूको मूल्याङ्कनलाई जोडिएको थियो, जसमा चार जना प्रस्तोताहरूले पुरस्कार प्राप्त गर्न सफल भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीहरूलाई ५० हजार, ४० हजार र ३० हजारसँगै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो भने छ जना सहभागी प्रतिस्पर्धीहरूलाई प्रशंसापत्र हस्तान्तरण गरिएको थियो ।