बुधबार नेपालका प्रधानमन्त्री प्रचण्ड बसेको होटलमा भेट्न आएका भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्रालाई भारतले आफ्नो संसद भवनमा नेपालको भुभागसहितको नक्सा राखेको विषयमा चासो राखेको प्रधानमन्त्रीको सचिवालयले र  आपत्ति जनाएको संचार माध्यमहरुले जनाएको छ ।

विहिबार प्रकाशित कान्तिपुर दैनिकका अनुसार डोभाल र क्वात्रसँगको भेटमा प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भन्दा पनि असहजपूर्ण संवाद भएको उल्लेख छ ।

उक्त संवाद पछि प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव शंकरदास वैरागीलाई कुनैपनि सम्झौताहरुलाई अन्तिम रुप नदिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले भ्रमणको कार्यासुचिमा नभएपनि भारतको संसद भवनमा राखिएको अखण्ड भारतको नक्सा सम्बन्धी विषयलाई प्रमुखताका साथ उठाएका थिए ।

‘दुई देशबीच विश्वासको वातावरण बनिरहेको बेला तपाईंहरुले यो सब किन गर्नुपरेको ? हाम्रोतिर पनि मान्छेहरु ग्रेटर नेपाल भनेर नक्सा छाप्छन्, के हामीले बनाउँदै गरेको संसद भवनमा ग्रेटर नेपालको नक्सा राख्ने ?,’ प्रधानमन्त्री दाहालको भनाई उदृत गर्दै कान्तिपुरले लेखेको छ ।