स्वदेशभन्दा आकाश र विदेशमा धेरै समय बिताउने गरेका ढकाल पछिल्लो पटक गत बुधवार मात्र थाई स्माइल एयरलाइन्सको उडान नम्बर डब्लुई ३१९ बाट काठमाडौं आएका थिए ।

उनी वैशाख मसान्तका दिन दिउँसो थाइल्याण्डको राजधानी बैंकक हुँदै कोरिया गएका थिए । त्यसको एक साताअघि हङकङ हुँदै सिओलबाट राति १० बजे स्वदेश फर्केर साढे १२ बजे सोही विमानमा हङकङलाई ट्रान्जिट बनाई पुनः कोरिया गए । वैशाख महिनामा मात्रै उनी भारत,सिंगापुर, कोरिया,हङकङ गएका थिए । त्यसअघि मलेसिया,फिलिपिन्स, अष्ट्रेलिया पुगेको देखिन्छ । यी सबै यात्रा धर्म र पैसासङ्ग सम्बन्धित रहेको श्रोत बताउँन्छ। किनकि पैसा नै ओलिलाइ बुझाएर सांसद भएका ढकाललाइ पैसाकै लागि पार्टीले खटाएको बुझिन्छ।