नेपाली कांग्रेसका युवा नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धकाे अभियानमा खुट्टा नकमाउन आग्रह गरेका छन्।
गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दाेषी कसैलाई पनि उम्कन नदिन आग्रह गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेताहरू मधु आचार्य, गोविन्दराज पोखरेल, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रन्जित कर्णलगायतले गृहमन्त्री श्रेष्ठलाई भेटेर कसैको दबाबमा नपरी अनुसन्धानलाई सरकारले अघि बढाउन आग्रह गरेका हुन्।गृहमन्त्री श्रेष्ठले भ्रष्टाचार र कमिसनखोरको नेक्सस नतोडेसम्म राष्ट्र नबन्ने भएकाले सरकार दृढतापूर्वक अघि बढ्ने विश्वास दिलाएका थिए।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन ठगी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज बिहान मात्रै प्रहरीले पक्राउ गरेको छ ।