काठमाडौं । फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् ।

उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् । जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याएर अवतरण गरिने वा गन्तव्य तिर जाने त्यो भने खुलाएनन् ।