पक्राउ पर्दै आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का ,पक्राउ पुर्जी जारी

विशेष अदालतका सदस्यहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको इजलासले सोमबार खड्काविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
खड्काले १८ करोड ६६ लाख पाँच हजार रुपैयाँबराबर अकुत सम्पत्ति जोडेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो। त्यसमध्ये उनले अन्य व्यक्तिको नाममा लुकाई राखेको ७ करोडभन्दा बढी सम्पत्ति जफत गर्नुपर्ने पनि अख्तियारले माग गरेको छ।
खड्काको २७ करोड ३० लाख ७५ हजार सम्पत्तिमध्ये ८ करोड ६४ लाख ६९ हजारमात्रै वैध रहेको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ।