प्रमुख तीन दलबिच संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सहमति भएको छ ।

सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्याधीश सिफारिस गर्ने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै लेखकले भने, ‘प्रधानमन्त्रीले यसमा विशेष पहल गर्नुभयो र प्रस्ताव गर्नुभयो । यसमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले सहमति जनाउनुभयो र यसमा सहमति भयो ।

यस्तै, टिआरसी विधेयक, संसद सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबीच सहमति जुटेको उनको भनाई छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा,सभामुख देवराज घिमिरे र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।