काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

कञ्चनपुरका पत्रकार खेम भण्डारीले लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन् । उनले अनलाईनमार्फत सभापति लामिछानेविरुद्ध अख्तियारमा उजुरी दिएका छन् ।

पुस १० गते गृहमन्त्री नियुक्त भएका लामिछानेले आफ्नो कार्यकालमा राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाईन उजुरी दिएको र उजुरी दर्ता भइसकेको जानकारीसमेत पाएको भण्डारीले बताएका छन् ।