नयाँ वर्ष २०८०को उपलक्ष्यमा ग्राहकहरुले  NEPALPAY Instant मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्नेछन् । बैशाख १ देखि ३१ गतेसम्म लागू हुने यस अफरमा  NEPALPAY Instant मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिनेछ । नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा गरिएको छ ।