राष्ट्रपति रामचन्द्र पौडेल गोरखा दरबार जान लाग्नुभएको छ । उहाँ अहिले बिहान साढे ८ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

राष्ट्रपति सेनाको हेलिकोप्टरमा गोरखा जान लाग्नुभएको हो । उहाँ सेनाको ९ एन अगुस्ता हेलिकोप्टरमा शीतल निवास सामुन्ने रहेको सेनाको भैरवनाथ गणमा रहेको हेलिप्याडबाट त्यसतर्फ जानुहुने छ ।