प्रस्तावना पेश गरिएको निकाय ः
…………….

प्रस्तावना पेश गर्ने ः
नेपाल पत्रकार महासंघ
कर्णाली प्रदेश समिति

नेपाल पत्रकार महासंघ, कर्णाली प्रदेश समितिको
साधारण सभाका लागि तयार पारिएको प्रस्तावना
पृष्ठभुमीः
नेपाल पत्रकार महासंघ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन हो जसको ६५ वर्ष लामो इतिहास छ । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासंघको मूल ध्येय, लक्ष्य र दायित्व हो । त्यसका लागि महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्दन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने र पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत राष्ट्रिय अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै आएको छ ।
यसका साथै देशमा भएका सबै लोकतान्त्रिक आन्दोलनहरुको एक अंगका रुपमा महासंघ सधैं उभिएको छ । लोकतन्त्रलाई सुदृढ गर्दै देशमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्नु महासंघको उद्देश्य हो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले मुलुकमा संघीयता कार्यान्वयन पछि स्थापना भएको संरचना हो । २०७५ सालमा महासंघको पहिलो प्रदेश समिति गठन गरिएको थियो । त्यसपछि २०७७ सालमा भएको अधिवेशनले वर्तमान कार्य समितिको चयन गरेको थियो । कर्णालीमा महासंघका १० शाखामा ८८३ सदस्यहरु रहेका छन् । संघीय संरचना अनुसार नै महासंघले आफ्ना हरेक तहलाई क्रियाशिल गर्ने, महासंघका सदस्यहरुको क्षमता बिकास र संस्थागत बिकासका लागि सबै तहका सरकारसंग सहकार्य र समन्वय गर्दै आइरहेको छ । कर्णाली प्रदेशका पत्रकारहरुको हक–अधिकार प्रवद्र्धनका साथसाथै पत्रकारिताको व्यवसायिक बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
प्रदेश संरचनामा आफ्नो सांगठनिक स्वरुपलाई गतिशिल र चलायमान बनाउन नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो साधारण सभा गर्न लागिएको छ । महासंघले सबैखाले चुनौतीको सामना गर्दै कर्णालीको पत्रकारिताको गुणात्मक बिकासका लागि महासंघले गतिविधीहरु सञ्चालन गरिरहेको छ । महासंघका गतिविधी सञ्चालनका लागि छुट्टै स्रोतको व्यवस्था नभएकोले सरकारका सबै निकायसंग सहकार्य र सहयोगका लागि आग्रह गर्दछौ ।
१. कार्यक्रमको उद्देश्य
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको नीति निर्माण, कार्यसमीक्षा तथा कार्यक्रम तय गर्ने ।
ड्ड नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको नीति निर्माण गर्ने
ड्ड नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको कार्य समिक्षा गर्ने
ड्ड नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको आगामी कार्ययोजना निर्माण गर्ने ।

२. कार्यक्रम आशातित उपलब्धी
ड्ड कार्यक्रमले कालिकोट जिल्लाको समग्र बिकासका लागि राज्यका विभिन्न तहलाई दवाव सिर्जना गर्न मद्यत गर्ने ।
ड्ड जिल्लाको स्थानीय परिकार, संस्कृती, पर्यटकीय सम्पदासंगै समग्र बिकासमा भएका समस्या समाधानका लागि घोषणा पत्रमार्फत ध्यानाकर्षण गराउने ।
ड्ड कालिकोटको बिकासका सञ्चार क्षेत्रको भुमिका, स्थानीय तहले गरेका बिकास निर्माण लगायतका कार्यक्रमको प्रचार प्रसारमा मद्यत पुग्ने ।
ड्ड कर्णालीका सबै जिल्लाका पत्रकारसंग देशभरबाट आउने पत्रकारहरुमार्फत कालिकोकोटको बिकासका लागि सबै तहका भुमिकाका बिषयमा सामुहिक छलफल र बहस गरिने ।
ड्ड नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको नीति निर्माण, कार्यसमीक्षा तथा कार्यक्रम तय गर्ने ।

३. कार्यक्षेत्र
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति अन्तर्गतका १० जिल्लाका पत्रकारहरुको भेला गरिने छ । यसका साथै नेपाल पत्रकार महासंघका केन्द्रीय समितिका पदाधिकारी, दश वटा प्रदेश समितिका अध्यक्ष र महासचिव, विभिन्न पेशागत संघ संगठनका नेतृत्व, सूचना तथा प्रशारण विभाग, बिज्ञापन बोर्ड, न्युनतम पारिश्रमिक निर्धारण समिति, प्रेस काउन्सिल नेपाल लगायतका विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता हुने छ ।
४. कार्यक्रममा गरिने क्रियाकलाप
यो उद्देश्य प्राप्तीका लागि कालिकोटमा २०७९ चैत्र १८ र १९ गते नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो साधारण सभा गरिने छ । साधारण सभामा महासंघले दुई बर्षमा गरेका कार्यक्रमहरुको समिक्षा, आगामी कार्यक्रमको योजना निर्माण, नीति निर्माण, कर्णालीका सबै जिल्लाको पत्रकारिताको अवस्था, श्रमजीवी पत्रकारहरुले भोग्नु परेका चुनौती, कर्णालीका सञ्चार माध्यमको अवस्था, सबै तहका सरकारको भुमिका, पत्रकार आचार संहिता कार्यान्वयनको अवस्था, कर्णालीको बिकासर समृद्धिमा पत्रकारको भुमिका लगायतका बिषयमा छलफल र अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि कर्णालीको खस सभ्यता र देउडा संस्कृती, स्थानीय उत्पादनको प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन गरिने छन् ।

५. कार्यक्रममा सहभागि
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो साधारण सभामा निम्नानुसार सहभागिहरु हुनेछन् । यसका साथै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधी मन्त्री, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र प्रमुख सचिव, आन्तरिक मामिला तथा कानून मन्त्री तथा सचिव, कर्णालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यहरुलाई आमन्त्रण गरिने छ ।
कार्यक्रमः नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको तेस्रो साधारण सभा
१८¬ र १९ फागुन २०७९
कालिकोट
क्र.सं. प्रतिनिधित्व गर्ने निकाय सहभागी
१. प्रदेश परिषद् सदस्य १० जिल्ला ७५ जना
२. जिल्ला शाखा अध्यक्ष १० जना
३. जिल्ला शाखा, सचिव , उपाध्यक्ष र कोषाध्यक्ष (१० जिल्ला) ६० जना
४. प्रदेश समिति पदाधिकारी सदस्य, सल्लाहकार, पूर्व पदाधिकारी ३८ जना
५. विभिन्न पेशागत संगठन १० जना
६. महासंघका केन्द्रीय र प्रदेश पदाधिकारी १५ जना
७. विभिन्न तहका जनप्रतिनिधी तथा अतिथिहरु ४५ जना
८. साहित्यकार तथा लेखक २० जना
९. स्वयम् सेवक तथा अन्य १५ जना
जम्मा २८८ जना
कार्यक्रम अवधी ः २ दिन (२०७९ फागुन १८ र १९ गते)
कार्यक्रमको अनुमानित बजेट ः
सि. नं. विवरण परिणाम दर जम्मा कैफियत
१. सहभागी खाना
सहभागी आउने दिन
पहिलो दिन (२ छाक)
दोस्रो दिन (२ छाक)
२८८ जना
६७६ जना
४०० जना
५००।
१,४४,०००।
३,३८,०००।
२,००,०००। पहिलो दिन उद्घाटन कार्यक्रममा अतिथिसहितको सहभागिता हुने भएकोले खाना खाजाको संख्या थप भएको ।
सहभागी खाजा खर्च
पहिलो दिन
दोस्रो दिन
२१०
२१०
२५०।
२५०।
५२,५००।
५२,५००।
सहभागी बास ४३२ कोठा १०००। ४,३२,०००।
२. यातायात खर्च (अतिथिहरुका लागि)
२० जना
२००००।
४,००,०००। काठमाडौ सुर्खेत हुँदै कालिकोटसम्मको दोहोरो टिकट
३. यातायात खर्च (अन्य प्रदेश पदाधिकारीका लागि) २१ जना ७०००। १,४७,०००।
४. मञ्च व्यवस्थापन, साउण्ड सिस्टम २ दिन १,००,०००।
५. सहभागी झोला, स्टेशनरी २१० जना २०००। ४,२०,०००।
६. अतिथि सत्कार लमसम ० ३,००,०००।– ब्याज, ब्यानर तथा मायाको चिनो
७. यातायात खर्च १५ दिन १०,०००। १,५०,०००। साधारण सभाको तयारीको शिलशिलामा प्रयोग गर्नु पर्ने
८. सचिवालय सञ्चालन खर्च २० दिन १,५०,०००।
९. स्वयमसेवक परिचालन
(खाना नास्ता)
४० जना
२०००।
८०,०००।
१०. छपाइ तथा प्रचार प्रसार ५०,०००।
इन्धन तथा विविध खर्च १,५०,०००।
जम्मा खर्च ३१,६६,०००।

उपरोक्त खर्चमा तहाँ कार्यालयको योगदानको अपेक्षा गरिएको छ ।