काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुबीच आइतबार बालुवाटारमा बैठक बसेको छ। संसदमा प्रस्तुत गर्ने विधेयक र ६ गते सोमबार प्रधानमन्त्रीले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेका छन।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सत्य निरुपण तथा मेलमिलाप तथा बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी सहभागी थिए ।

त्यस्तै, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता पनि बैठकमा सहभागी थिए ।