यहि फाल्गुन १८ गते गैरिधारा स्थित हाफेल सोरुममा आयोजित एक समारोहबिच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपानेले यसको संयुक्त उद्घाटन गर्नुभएको थियो ।

हेफेलको नेपालस्थित फ्रेन्चाइजको रुपमा रहेको यस नँया डिजाइन इस्टूडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिंग, फर्निटर फिटिंग, डिजिटल सेक्युरीटी लाइटिंग, किचेन फिटिंग लगायत अन्य सम्बन्धित उत्पादनहरु “रियल टाइम“ ढंगमा उपलब्ध छन् ।
उक्त कार्यक्रमा हेफेल एवं युएचएस होल्डिंगका प्रतिनिधिहरुले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलता सम्पन्न का उत्पादनहरुले विश्वका प्रसिद्ध वास्तुकार एवं इंटीरियर डिजाइनरहरुलाई अभिप्रेरित गरेको बताए । त्यसैगरी , उनीहरुले यस ब्राण्ड आफ्ना ग्राहकहरु प्रति पनि प्रतिवद्ध रहेको जानकारी दिए ।

“हामी हेफेल जस्तो इंटीरियर सेवाको लागि अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त ब्राण्डसँग आवद्ध हुनपाउँदा हर्षित एवं गौरवान्वित छौ, युएचएस होल्डिंगका अध्यक्ष पुरुषोत्तम न्यौपान भन्नुहुन्छ । नँया हेफेल डिजाइन स्टूडियो ग्राहकहरुलाई नवीनतम उत्पादनहरु प्रदान गदै उनीहरुको जीवनशैलीलाई नँया उचाईमा पुर्याउन मद्दत गर्नेछ ।

युएचएस होल्डिंग उच्चस्तरीय वाथरुम , सिलिङ्ग र रेलिङ्ग फर्निचर लगायतका इंटीरियर सम्बन्धि उत्पादनहरु प्रदान गरिरहेको छ ।