क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा क्यानडाले नेपालसामु दुई सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ८५ रनको योगफल बनायो । क्यानडाका लागि ओपनर आरोन जोन्सनले सर्बाधिक ६५ रन जोडे । उनले ६२ बलमा १० चौका र दुई छक्कासहित ६५ रन बनाएका हुन् ।

त्यस्तै नवनित धलिवालले ४६ रन बनाए । श्रेयश मोभ्वाले ४० रन बनाए । पर्गत सिंहले ३८ रन बनाए भने निकोलस कीर्तन र उदय भगवान्ले समान २०÷२० रन जोडे । दिलप्रित बज्वाले १९ तथा शाहिद अहमदजाइलाई १३ रन बनाए ।

नेपालका लागि रोहित पौडेल र कुशल मल्लले समान दुई–दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिए ।