आज प्रचण्ड दिल्ली उड्ने , भारतमा रहँदा के छ कार्यक्रम ?

तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीलगायत दलनिकट प्रवासी संगठनहरूको संयुक्त नेपाली समाज भारतकाे एक सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड दिल्ली जान लाग्नुभएकाे जानकारी दिइएकाे छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उक्त कार्यक्रम एक महिनाअघि नै तय भएको थियो ।
भाेलि साेमबार उक्त सन्देश सभा कार्यक्रमलाई प्रचण्डले सम्बाेधन गर्नुहुने छ । कार्यक्रमलाई सम्बोधन गरेपछि प्रचण्ड सोमबार नै स्वदेश फर्किनुहुने कार्यक्रम रहेको पनि आचार्यकाे भनाइ छ । ‘आज साँझ दिल्ली पुगेर भोलि साँझ फर्किने तालिका छ,’ उहाँले भन्नुभयाे ।
दिल्ली बसाइका क्रममा सन्देश सभाबाहेक अन्य कुनै औपचारिक राजनीतिक भेटघाटको कार्यक्रम नरहेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको छ ।

