देशभर सिप्रदीको गाडी सर्भिसिङ र मर्मत सेवा

लकडाउन अवधिको लागि नेपालभर सिप्रदीले २३ वाट आफ्नै सर्भिस सेन्टर, १० वटा आधिकारिक सर्भिस सेन्टर, १६ वाट सर्टिफाइड ग्यारेजबाट उच्च सुरक्षा विधि अपनाएर गाडी सर्भिस तथा मर्मत सेवा दिइरहेको हो ।
यस्तै ब्रेक डाउन असिस्टेन्सको लागि २० वटा मोवाइल भ्यान तथा ६९ वटा आकस्मिक मर्मत सेवा केन्द्रबाट सेवा दिइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले वर्कशपमा भिडभाड कम गरी समाजिक दूरी कायम राख्नका निम्ति २४ घण्टा उपलब्ध हुने टोल फ्रि फोन सेवा, सिप्रदी मोवाइल एप्स्, सामाजिक संजालमार्फत प्रि सर्भिस बुकिङ्गको ब्यवस्था गरेको छ।
यसैगरी वर्कशपमा एउटा गाडीमा एक जना मात्र आउनका लागि पनि सिप्रदीले आफ्ना ग्राहकलाई अनुरोध गरेको छ भने ग्राहकको आवश्यकता अनुसार गाडीको पूर्ण स्वस्थ्य जाँचको पनि सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ ।
साथै सेड्यूल सर्भिसिङ वा अन्य सेवाको लागि नजिकको सिप्रदी वर्कशपमा वा टोल फ्री नम्बर १६६००१५५७७७ (NTC) वा ९८०१५७५७७७ (NCELL) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

