आगामी यु–१९ एसिया कपको तयारीलाई तीव्र पार्न नेपाल क्रिकेट सङ्घ (क्यान) ले २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ।

क्यानले शनिबार टोली सार्वजनिक गर्दै खेलाडीहरूलाई पोखरामा सञ्चालन हुने बन्द प्रशिक्षणमा बोलाएको छ।

युवा टोलीको बन्द प्रशिक्षण सोमबारदेखि पर्यटकीय सहर पोखरामा सुरु हुनेछ। क्यानका अनुसार बन्द प्रशिक्षणका क्रममा खेलाडीको मैदानभित्रको प्रदर्शन, अनुशासन र क्षमतालाई सुक्ष्म रूपमा मूल्याङ्कन गरिनेछ।

प्रशिक्षणमा उत्कृष्ट छाप छाड्ने खेलाडीहरूले नै एसिया कप खेल्ने अन्तिम नेपाली टोलीमा स्थान बनाउनेछन्।

प्रारम्भिक टोलीमा नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, सुशील रावल र शुभम खनाल रहेका छन्। यस्तै अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं पनि अटाएका छन्।

यसैगरी दर्श सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव र रोहित चन्दले प्रारम्भिक टोलीमा स्थान पाएका छन्। सौजन घिमिरे, क्रितिक कामत, भूपाल दङ्गाल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि प्रारम्भिक टोलीमा छनोट भएका छन्।