समाजले आयोजना गरेको टोपी दिवस कार्यक्रममा गैर आवासीय नेपाली संघ फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, एन आर एन ए फ्रान्सका आइ सी सी सदस्य सुबर्ण बिक्रम हमाल, एन आर एन ए फ्रान्सका भु पु अध्यक्ष निर्मल अर्याल, एन आर एन ए फ्रान्सका भु पु आइ सी सी सदस्य मिन जिसी, एन आर एन ए बेल्जियमका आइ सी सी सदस्य निशान सापकोटा, मोना फ्रान्स का अध्यक्ष हेम बानियाँ, एन आर एन ए फ्रान्सका भुपु उपाध्यक्ष हरि सापकोटा, नेपाली जनसम्पर्क समिति का उपाध्यक्ष शिबराम भण्डारी, बेलायतबाट आउनुभएका प्रा.डा. कुल लुइटेल, समाजका सदस्य सुजन बानियाँ , सुजन राज भट्टले आफ्नो मन्तब्य सहित टोपी सम्बन्धी कविता, गीत, भनाइ समेत प्रस्तुत गर्नुभएको थियो। भने अध्यक्ष सुरेन्द्र काप्रीले सहभागी सबैमा धेरै धेरै धन्यवाद ब्यक्त गर्नुभयो।
राष्ट्रिय पहिचानको रुपमा रहेको नेपाली टोपीको संरक्षण र जगेर्ना गर्ने उद्येश्य सहित विगत ५ बर्षदेखी अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको हो ।


