दोलखा — नेकपा एमाले दोलखाका पुराना तथा प्रभावशाली नेता कमरेड होम पाठकले नेकपा एमाले परित्याग गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ।

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आउनुभएका पाठकको पार्टी परिवर्तनलाई दोलखाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। उहाँको प्रवेशसँगै नेपाली कम्युनिस्ट पार्टीले जिल्लामा संगठन विस्तार र आन्दोलनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

कमरेड पाठकले मुलुकको समसामयिक राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको दिशा तथा कार्यदिशाबारे गम्भीर सोचका साथ नयाँ यात्राको सुरुवात गरेको बताउनुभएको छ। पार्टी प्रवेश कार्यक्रमका क्रममा नेकपाका नेताहरूले उहाँको अनुभव र योगदानले पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।