समारोहमा आफ्नो मुख्य सम्बोधन राख्दै इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हेराल्ड कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपालका सरकारी निकायदेखि प्रतिष्ठित निजी क्षेत्रसम्म उत्कृष्ट स्थानमा कार्यरत रहेको उल्लेख गरे। उनले बेलायती विश्वविद्यालयको डिग्री विश्वकै उत्कृष्ट मानिनुका कारण विद्यार्थीहरू सूचना–प्रविधि क्षेत्रमा सक्षम र प्रतिस्पर्धी बन्न सफल भएको बताउँदै, “यही शैक्षिक वातावरणले विद्यार्थीमा स्वअध्ययन र अनुसन्धान गर्ने संस्कृतिलाई अझ सबल बनाएको छ,” भन्ने धारणा व्यक्त गरे।

दीक्षान्त समारोह विद्यार्थीहरूको शैक्षिक यात्राको एक महत्वपूर्ण मोडका रूपमा मनाइएको कलेजले जनाएको छ। हेराल्ड कलेज काठमाडौंले २०२५ मा उत्तीर्ण भएका सबै दिक्षित विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ।