काठमाडौं – नेकपा (माओवादी केन्द्र)को  सचिवालय बैठक आज बस्दैछ ।  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, प्राकृतिक विपत्तिले निम्ताएको समस्या तथा पार्टीका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालयमा हेप्प डेस्क स्थापना र उद्दार, राहतमा लाग्न दिएको निर्देशनको कार्यान्वयन लगायतका विषयमा पनि छलफल हुनेछ । त्यस्तै विपद्पछिको उद्दार तथा राहत, विभिन्न बामपन्थी पार्टीहरुसँग हुने भनिएको पार्टी एकतालगायतका विषयमा पनि आजको बैठकमा छलफल गर्ने तय भएको छ ।

उनका अनुसार, महाधिवेशन मिति तय गर्ने, प्रतिनिधि छनोट लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो।

प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरिएको थियो। यस्तै, माओवादीले पूर्वपदाधिकारीलाई यसअघि नै सचिवालयमा रूपान्तरण गरेको थियो।