ओली र लेखकसहित ५ जनाकाे पासपाेर्ट राेक्का गर्न सिफारिस

काठमाडौं । जेनजी आन्दोलन दमनबारे जाँचबुझ गर्न गठित आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ । आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणी दुवाडी, राष्ट्रिय अनुसन्धानका पूर्वप्रमुख हुतराज थापा र काठमाडौंका पूर्व सीडीओ छवि रिजालको पासपोर्ट रोक्का गर्न सिफारिस गरेको हो ।

