साउन २० गते, काठमाडौं –
स्फिङ्ग्रस ओर्गानाइजेशन डेभलपमेन्ट सेन्टर (SODC) ले कर्मचारीहरूलाई दक्षता अभिवृद्धि तथा कार्यसम्पादन क्षमतामा सुधार गर्न लक्षित गर्दै लघु तथा दीर्घकालीन योजना अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

यस तालिममा विभिन्न शाखा र कार्यालयका कर्मचारीहरूको सहभागिता रह्यो । तालिममार्फत कार्यसम्पादन सुधार, सेवाप्रवाहमा पारदर्शिता, नेतृत्व विकास तथा दीर्घकालीन योजना कार्यान्वयनका लागि आवश्यक व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको थियो ।

यसैगरी, तालिममा कुल ८० जना सहभागी भएका थिए । सहभागीहरूले तालिमपछि आफ्ना कार्यालयस्तरीय जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा संस्थाका तर्फबाट प्रमुख अतिथि तथा अध्यक्षले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी बनाउन निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।