

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने पक्षमा कलाकारहरूले हस्ताक्षर गरेका छन् । शुक्रबार हस्ताक्षर गर्दै लामिछानेको पक्षमा कलाकारहरूले ऐक्यबद्धता जनाएका छन् ।
काठमाडौँमा आयोजित एक कार्यक्रमकाबिच कलाकारहरू किरण केसी, रमेश उप्रेती, अशोक शर्मा, खगेन्द्र लामिछाने लगायतले हस्ताक्षर गरी ऐक्यबद्धता जनाएका हुन् ।
लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै पार्टीको तेस्रो स्थापना दिवसबाट देशभरि हस्ताक्षर अभियानमा सञ्चालन गरिएको थियो ।