नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता , MAW वृद्धी कमर्शियल भेहिकल प्रालि, टुनल्याण्ड ई को अत्याधिकसफलता पछि  टुनल्याण्ड ई को अर्को अपग्रेडेड भर्सन यहि भाद्र ९ गते लन्च गर्ने तयारी गरेको छ । टुनल्याण्ड ईको नयाँ भर्सन थप शक्तिशाली, आकर्षक फिचर सहित आउने कम्पनिले जनाएको छ ।

कम्पनीको आनुसार  टुनल्याण्ड ई+  ग्राहकलाई पिकअप ट्रकमा चाहिने कुरालाई र आफ्नो अनुभब  र रिसर्च  आनुसार  डिजाइन गरिएको हो । नेपाल र नेपाली बाटोलाइ सुहाउदो टुनल्याण्ड ई + ग्राहक बर्ग को प्रतिक्षाको पिकअप ट्रक बनेको छ । 

फोटोन पछिल्लो समय नेपालमा पिकअप, भ्यान र एम्बुलेन्स सेग्मेंटमा अत्यन्त लोकप्रिय हुँदै गइरहेको छ । आकर्षक लुक्स र पावरले गर्दा फोटोन लोकप्रिय हुदै गएको जानकारहरु बताउछन् ।