लोकप्रिय टूह्वीलर्स कम्पनी TVSले आफ्नो ग्राहकको लागि Apache Owners Group(AOG) नामक Apache धनी  हरुका लागि रोमाञ्चक Rideमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको   साउन  १४ गते शनिवारको दिन सो Ride विराटनगर महेन्द्र चोक बाट सुरु भएर नेता चोक-विराट चोक देखि इटहरी- इनरूवा हुंदै कोशी टप्पु  स्थित अकवा बर्ड ईको रिसोर्ट सम्म ३५ सहभागीहरूलाई TVSले पुराएको थियो विभिन्न पेशाका सहभागीहरूले भाग लिएको AOG मा सहभागीको लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३५ जना चयन भएका थिए विराटनगर मा भएको यो संस्करणका लागि दर्ता गरेका बाँकी Ridersहरूलाई TVS ले विराटनगर कै भविष्यमा हुने अरू संस्करणहरूमा उपस्थित गराउने जनाएको छ। 

TVS ले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम Adventure Ride सञ्चालन गरिरहेको हुन्छ TVS ले विराटनगर संगै अरु ठाउँमा  पनि AOG Rideको लागि दर्ता प्रक्रिया खुला गरिसकेको   नेपालको विभिन्न ठाउँहरूमा पनि AOG Ride सञ्चालन गरी सकेको  छ। AOG मा सहभागी भई विभिन्न Ride मा  मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा  पनि सहभागी हुने मौका पाईन्छ यो Ride अनुभवी Marshall हरुको निगरानीमा भएको थियो जसमा Rider हरूलाई Road Safety जस्ता विभिन्न प्रशिक्षण दिएको थियो। यस AOG Ride मा सहभागी हुने सबै Riders हरुलाइ TVS ले Free Riding Gears  उपलब्ध गराएको थियो।   सो Ride मा सहभागीहरुको लागि विभिन्न रोमान्चक खेलको आयोजना पनि थियो बिजेताहरुलाई पुरस्कार तथा सबै सहभागीहरुलाई TVSले उपहार प्रमाण पत्र वितरण गरेको थियो यसका साथै राइडरहरुले रिसोर्टको नजिकै हात्तीलाई खुवाउने मौका समेत पाएका थिए।  यस कोशी टप्पु  क्षेत्रमा अक्टोबर ताका  ५३७ प्रजातिका चराहरु बसाई सराई गरेर आउने गरेका छन।  

 

AOG बारे जगदम्बा मोटर्सका प्रतिनिधि श्री प्रशान्त राजभण्डारी, Product Manager- TVS Motorcycle भन्नुहुन्छ, ” हामी Apache riders हरुको यति धेरै उत्साह देखेर निकै खुशी छौ हामी चाडै नै AOG बाट फेरी अर्को यात्रा सञ्चालन गर्नेछौ। यस AOG Ride को उदेश्य चाही नेपालमा Apache riders हरुको समूहलाई बलियो बनाउदै हाम्रो ग्राहकहरुलाई अझै नजिक राख्ने प्रयास हो ”  

कोशी टप्पु  स्थित अकवा बर्ड ईको रिसोर्ट पुग्नु भएको सहभागी श्री सन्दिप पोख्रेलले भन्नुभयो, “AOG मा धेरै राम्रो समय बिताएका छौं। हामीले मार्शलसँग धेरै सवारी प्रविधिहरू सिक्नुका साथै नयाँ साथीहरू भेट्न पाएका छौं। यसपाली बिराटनगरमा आयोजना हुँदा आफू जस्तै Apache प्रेमी भेट्न पाउँदा Rideमा सहभागी हुँदा खुसी नै बेग्लै अब आउने दिनमा पनि TVS ले यस्तो कार्यक्रम आयोजना गर्नेछ भन्ने आशा छ। Ride मा साथीहरू पनि बनाए रोमाञ्चक यात्रामा रमाउने मौका पनि पाए।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। नेपालमा १३८ + डिलर २००+ सेवा स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVS ले बजारमा आफ्नो बलियो पकड कायम राख्न ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।