नेपालमा TVS two-wheelers को एकमात्र वितरक जगदम्बा मोटर्सले भकुन्डेबेसी-०७ नमो बुद्ध, स्थित पूर्ण सुविधासहितको नयाँ शोरुम नमो बुद्ध अटो पार्ट्स सञ्चालनमा ल्याएको

ग्राहकहरुलाई TVS मोटरसाइकल  तथा स्कूटरको बिक्री, सेवा स्पेयर पार्ट्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ मिडिया TVSका प्रतिनिधिहरु बीच भकुन्डेबेसीमा नयाँ शोरुम सुरु गरिएको हो ।

 

भकुन्डेबेसीको नयाँ शोरुममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने, “TVSमा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न हामी सधैं प्रयासरत छौं। ग्राहकहरूलाई थप प्रभावकारी छिटोछरितो रूपमा सेवा दिन नयाँ सुविधाहरू थपिएको हो। TVS ले निरन्तर रूपमा आफ्ना ग्राहकहरूको सुविधा गुणस्तरीय सेवा मा ध्यान दिईरहेको छ” ।

 

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो। नेपालमा १३७+ डिलर २००+ सेवा स्पेयर पार्ट्स स्टेशनहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVS ले बजारमा आफ्नो बलियो पकड कायम राख्न ग्राहकहरूको मनमा स्थान बनाउन सक्षम भएको छ। गुणस्तरीय उत्पादन, बिक्रीपछिको सेवा देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धता मार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ।