टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा

धनगढी, भदौ १७ – टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
मंगलबार सम्पन्न उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जी.ए.आर.एस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डे ले संयुक्त रूपमा शोरूमको समुद्घाटन गरेका थिए। कार्यक्रममा स्थानीय समुदाय, व्यवसायिक प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति थियो।
नयाँ शोरूममार्फत धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सनके३ ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन्। साथै, टियागो, पञ्च, नेक्सन र सफारी जस्ता आईसीई मोडलहरू पनि उपलब्ध हुने भएका छन्। पञ्च सिटी एसयूभीका रूपमा लोकप्रिय छ भने सफारीले लक्जरी सुविधा, मजबुत बनावट र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।
सिप्रदी ट्रेडिङले गाडी बिक्रीसँगै आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा तथा ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
समारोहमा बोल्दै जी.ए.आर.एस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक पाण्डेले भने, “यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं।”
त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा.लि.का सिनियर डिलर म्यानेजर ढुंगेलले भने, “धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं।”
कार्यक्रमकै अवसरमा शोरूममार्फत गाडी बुक गरेका ग्राहकलाई औपचारिक रूपमा गाडी हस्तान्तरण समेत गरिएको थियो।

