ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो ईभी गो नेपाल प्रालि आधिकारिक बिक्रेता घोषित

भदौ ८, काठमाडौं — चीनको प्रख्यात कमर्सियल सवारी उत्पादक कम्पनी अक्वेल ईभी (चाइना) लिमिटेड आधिकारिक रूपमा नेपाल प्रवेश गरेको छ। यस कम्पनीको आधिकारिक विक्रेताको रूपमा ईभी गो नेपाल प्रालि नियुक्त भएको छ।
मुख्य बिन्दुहरू
अक्वेलले करिब दुई दशकदेखि कमर्सियल सवारी उत्पादन गर्दै आएको छ।
सुरुमा ११, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा माइक्रोबस नेपाल ल्याइनेछ।
पछि १९, २५ र २६ सिट क्षमताका ठूला बस, साथै कार्गो ईभी भ्यान, पिकअप र मध्यम ट्रक नेपाल ल्याउने योजना।
अक्वेलका विद्युतीय कमर्सियल सवारी हाल ७० भन्दा बढी देशमा बिक्री भइसकेका छन्।
कम्पनीको उत्पादन प्लान्ट फुजियान प्रान्तमा तथा मुख्य कार्यालय सान्डोङ प्रान्तमा रहेको छ।
अक्वेल स्पेयर पार्ट्स कम मूल्यमा उत्पादन गर्ने विशेषताका कारण चीनमै प्रतिस्पर्धी मानिन्छ।
—

नेपालमा सेवा विस्तार
ईभी गो नेपाल प्रालिले सुरुवातमै काठमाडौंमा सर्भिस सेन्टर निर्माण थालेको छ।
विद्युतीय माइक्रोबस बिक्री सुरु भएसँगै, कम्पनीले देशका प्रमुख सहरहरूमा सर्भिस सेन्टर विस्तार गर्ने र आवश्यक स्पेयर पार्ट्सको पर्याप्त उपलब्धता सुनिश्चित गर्ने जनाएको छ।

