भारतीय विदेश सचिव विक्रम मिश्री भदौ १ मा नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनको यो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीसँग सम्बन्धित छ।

नेपाल बसाइको क्रममा विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यो भेटले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री ओली भदौको अन्तिम साता भारत भ्रमणमा जाने तयारीमा छन्।