चिनियाँ ईभी ब्रान्ड डोङफेङको फोरथिङ फ्राइडे एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोमा यो लक्जरी एसयूभी औपचारिक रूपमा प्रस्तुत गरेको हो।

मूल्य र विशेष अफर

कम्पनीले फोरथिङ फ्राइडेको लक्जरी भेरियन्टको मूल्य नाइमा अवधिका लागि ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ। नाइमा एक्स्पो समाप्तिपछि यो भेरियन्टको मूल्य ५० लाख ९६ हजार पुग्नेछ। त्यस्तै, एक्स्क्लुसिभ भेरियन्टको मूल्य नाइमामा ५४ लाख ९६ हजार र पछि ५६ लाख ९६ हजार कायम गरिएको छ। कम्पनीले गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षको अटो प्लस बिमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ।

ब्याट्री र रेन्ज

फोरथिङ फ्राइडेमा ६४.४ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री जडान गरिएको छ, जसमा ९९ किलोवाटको शक्तिशाली मोटर छ। कम्पनीका अनुसार यो ब्याट्रीले एक पटकको फुल चार्जमा ४०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्छ।

डिजाइन र विशेषताहरू

यो एसयूभीको लम्बाइ ४६०० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६८० एमएम छ भने ह्वीलबेस २७१५ एमएम रहेको छ। प्रिमियम डिजाइनको यो गाडीमा १९ इन्चको ठूलो ह्वील उपलब्ध छ। यसमा भेन्टिलेटेड, हिटेड, मसाज र मेमोरी सिट, ८.८ इन्चको एलसिडी इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्चको इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक टेलगेट, वायरलेस फोन चार्जर, प्यानारोमिक सनरुफ, मल्टी ड्राइभ मोड र ६ स्पिकरसहितको म्युजिक सिस्टमजस्ता आधुनिक फिचरहरू समावेश छन्।